सिटिजन्स बैंकका सिइओको अचम्मको भाषण !
सिटिजन्स बैंकले वैशाख ७ गते (आज) १८औँ वार्षिकोत्सव मनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अचम्मको भाषण गरेका छन्। उनले असक्षमताको दोष आन्दोलनलाई लगाउँदै अचम्मको भाषण गरेका हुन्।
बैंकका सीइओ गणेशराज पोखरेलले बैंकको अवस्था सोचेजस्तो राम्रो नरहेको स्वीकारेका छन्। उनले बैंकको निष्क्रिय कर्जा (एनपिएल) ५.७१ प्रतिशत पुगेको उल्लेख गर्दै यो अत्यन्तै दु:खद् भएको बताएका छन्। उनले कर्मचारीलाई एनपिएल घटाएर नाफा बढाउने अभियानमा जुट्नसमेत निर्देशन दिएका छन् । साथै, पछिल्ला वर्षहरूमा सेयरधनीलाई अपेक्षित लाभांश दिन नसकेको स्वीकार गर्दै बोनस बढाउनेतर्फ ध्यान दिनुपर्ने धारणा उनले राखेका छन् ।
भन्नलाई मात्र नम्बर १, यस्तो छ एनआईसी एशियाको बिजोग आर्थिक स्थिति !
एनआईसी एशिया बैंकको नाफा घटेको छ। बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ९१.८१ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानीमा झनै ४०.६६ प्रतिशतको ठूलो गिरावट देखिएको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा झन्डै दुई तिहाइ अर्थात् ६४.४० प्रतिशतले घटेको वित्तीय विवरणमा देखिएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दायर !
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । गभर्नर बन्न अयोग्य भएको दाबी गर्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा भट्टविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।
अदालतले रिट वैशाख ७ गतेको पेशीमा राखेको थियो । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट शुक्रबार राजीनामा दिएका भट्टविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सोही दिन सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता थिए ।
दुर्गा प्रसाईँविरुद्ध अर्बौं ऋण अपचलनको आरोप, सीआईबीद्वारा अनुसन्धान सुरु !
दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोगको आरोप लागेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोगको अनुसन्धान सुरु गरेको छ।
सीआईबीका प्रवक्ता सुधीरराज शाहीका अनुसार प्रसाईँले विभिन्न बैंकहरूबाट होटल, व्यवसाय र मेडिकल कलेजजस्ता कम्पनीहरूको नाममा लिएको ऋण दुरुपयोग गरेका छन्। राष्ट्र बैंकको अनुरोधपछि बैंकिङ कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको हो। प्रसाईँविरुद्ध झन्डै तीनदेखि चार अर्ब रुपैयाँ बराबरको ऋण अपचलनको आरोप लागेको छ। राष्ट्र बैंकका अनुसार उनले विभिन्न बैंकमा खाता खोलेर ठूलो परिमाणमा ऋण निकालेका थिए।
नेपाल बैंकका पूर्वअध्यक्षमाथि ५ लाख जरिवाना, ऋण दिने भन्दै घुस लिएको आरोप, बैंकलाई पत्राचार गरियो !
नेपाल बैंकका पूर्वअध्यक्षले घुस लिएको पुष्टि भएको छ । बैंकका पूर्वअध्यक्ष तथा संचालक डा. चन्द्रबहादुर अधिकारीले ऋण दिलाइदिने भन्दै ऋणीसँग घुस लिएको पुष्टि भएको हो।
राष्ट्र बैंकको संचालक समितिको निर्णय अनुसार बैंकलाई पत्राचार समेत गरिएको छ। यस्तो घटना सार्वजनिक भएपछि अधिकारीलाई अर्थ मन्त्रालयले पहिल्यै संचालक पदबाट घटुवा गरिसकेको छ। घुस लिएको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले उनलाई ५ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकको ‘रडाको’: ओलीको दबाबपछि निलमले गरिन् भट्टको राजिनामा स्वीकृत !
सरकारले नेपाल राष्ट्र बैंकलाई लामो समयदेखि कायम मुकायम (कामु) गभर्नरको भरमा सञ्चालन गरिरहेको छ। कानुनअनुसार गभर्नर पद खाली हुनु एक महिना अगाडि नयाँ नियुक्ति गर्नुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रिया अगाडि नबढाएको आरोप लागेको छ।
चैत २५ गतेदेखि बैंक कामु गभर्नरको नेतृत्वमा छ। जबकी फागुन २२ गते गठन भएको सिफारिस समिति अहिलेसम्म बैठक बस्न सकेको छैन। ओलीको दबाबपछि कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजिनामा स्वीकृत गरेकी छन् । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकको १८ औँ गभर्नर कांग्रेस निकट व्यक्तिलाई बनाउने सहमति भइसकेको छ। प्रहरी महानिरीक्षकको बढुवा पनि यही सहमति अनुसार अघि बढाइएको छ।
एनआईसी एशिया भित्रको खबर : ‘मिडिया मेनेजमेन्ट’ गर्न नसकेपछि दुई महिनामै हटाईए न्यौपाने ! आए वाग्ले
सरोज भट्टराईलाई हटाएर योगेन्द्र न्यौपानेलाई ब्रान्ड एण्ड कर्पोरेट कम्युनिकेसन विभागको प्रमुख बनाईएका योगेन्द्र न्यौपानेलाई सो विभागबाट हटाइएको छ । ‘मिडिया मेनेजमेन्ट’मा सोचेजस्तो काम गर्न नसकेपछि न्यौपानेलाई बैंक व्यवस्थापनले हटाएको हो ।
न्यौपानेको ठाउँमा धिरेन्द्र वाग्लेलाई सो विभागको प्रमुख बनाईएको छ । ‘अहिलेलाई २ महिना काम हेर्ने, र आवश्यक थप निर्णय लिने’ मौखिक सर्तमा उनलाई सो विभागमा ल्याईएको बैंकमा सोही विभागमा काम गरिरहेका कर्मचारीले जानकारी दिए ।
अझ अचम्मको संयोग के परेको छ भने, वाग्ले सो विभागमा आएकै भोलिपल्टबाट बैंकका विभिन्न कान्डहरु बाहिर आईरहेका छन् । यसैबीच आजैमात्र पनि बैंक अध्यक्षको किर्ते काण्डको आरोपको खबर छताछुल्ल भईसकेको छ । यसले वाग्लेलाई मिडिया मेनेजमेन्टको काम पहिलो गाँसमै ढुंगा हुने देखिएको छ । बैंकका कम्पनी सचिव आफैँ यौन दुर्व्यवहारमा मुछिएको केस मिडियामा यसै पनि छताछुल्ल छ । न्यौपानेलाई सोही समाचार रोक्न नसकेको भन्दै हटाइएको चर्चासमेत बैंकमा छ ।
यस विषयमा बुझ्न बैंकका सूचना अधिकारी रंजन खड्कालाई फोन गर्दा उनले फोन नै उठाएनन् । खड्का खासै मिडियासँग बोल्न नरुचाउने पात्रका रुपमा चिनिन्छन् । उनलाई पनि यो पद घाँडो भएको चर्चा बैंकभित्र छ ।