prabhu

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका ३ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ८ भंगाल बस्ने ३६ वर्षीय एक राज श्रेष्ठ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बुधबार सिनामंगलबाट पक्राउ गरेको हो। उनी काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएपछि  फरार भएका थिए ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै