prabhu

‘गभर्नर नियुक्तिका लागि २० करोडको डिल भेटिएपछि राज्यमन्त्री तामाङ बर्खास्तीमा परे’ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसँग सम्बन्धित २० करोड रुपैयाँको ‘डिल’को प्रमाण भेटिएपछि उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त भएको दाबी गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोष्ट सार्वजनिक गर्दै बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही डिलको आधारमा तामाङलाई पदमुक्त गरेको बताएका हुन् । बस्नेतको दाबी अनुसार, ‘गभर्नर नियुक्तिको विषयमा गरिएको करोडौंको लेनदेनको प्रमाण फेला परेको’ र त्यसपछि प्रधानमन्त्री ओलीले कारबाहीस्वरूप उनलाई बैशाख १० गते (बुधबार) बर्खास्त गरेका हुन्।

यस्तै बस्नेतले राज्यमन्त्री तामाङमाथि २० भन्दा बढी ठेक्का योजना कालोसूचीमा पारिएको र तामाङले ठेकेदारका हैसियतमा ती योजनामा काम नगरी अलपत्र पारेको र सेटिङमार्फत ठेक्का लिए गरेको आरोप पनि लगाएका छन्।

साथै उनले तामाङले आफू उर्जा राज्यमन्त्री भएको फाइदा उठाउँदै, कुलमान घिसिङलाई जोगाउने नाटक गर्दै अर्बौंको ठेक्कापट्टामा मिलेमतो गरी अनियमितता गरेको दाबीसमेत गरेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै