prabhu

भन्नलाई मात्र नम्बर १, यस्तो छ एनआईसी एशियाको बिजोग आर्थिक स्थिति, सेयरधनीलाई ‘साथी’ भन्न पनि लाजमर्दो !

काठमाडौँ। एनआईसी एशिया बैंकको नाफा घटेको छ।  बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ९१.८१ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानीमा झनै ४०.६६ प्रतिशतको ठूलो गिरावट देखिएको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा झन्डै दुई तिहाइ अर्थात् ६४.४० प्रतिशतले घटेको वित्तीय विवरणमा देखिएको छ।

यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको २ अर्ब १४ करोड रुपैयाँबाट बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यही इम्पेयरमेन्ट चार्जको भारी बढोत्तरीका कारण बैंकको नाफा दबाबमा परेको हो।

यता नाफामा आएको गिरावटको प्रभाव बैंकको प्रतिसेयर आम्दानी (इपिएस) मा पनि परेको छ। यस त्रैमाससम्म बैंकको इपिएस १५ रुपैयाँ ८९ पैसाले घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ भने बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

वित्तीय विवरण अनुसार बैंकको मूल्य आम्दानी अनुपात (पिइ-रेसियो) २६६.६४ गुणामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै