DISH HOME

सिटिजन्स बैंकका सिइओको अचम्मको भाषण, असक्षमताको दोष आन्दोलनलाई, सेयरधनीलाई केही नदिने तर कर्मचारी पोस्ने रणनीति !

काठमाडौँ।  सिटिजन्स बैंकले वैशाख ७ गते (आज) १८औँ वार्षिकोत्सव मनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अचम्मको भाषण गरेका छन्। उनले असक्षमताको दोष आन्दोलनलाई लगाउँदै अचम्मको भाषण गरेका हुन्।

बैंकका सीइओ गणेशराज पोखरेलले बैंकको अवस्था सोचेजस्तो राम्रो नरहेको स्वीकारेका छन्। उनले बैंकको निष्क्रिय कर्जा (एनपिएल) ५.७१ प्रतिशत पुगेको उल्लेख गर्दै यो अत्यन्तै दु:खद् भएको बताएका छन्।

उनले कर्मचारीलाई एनपिएल घटाएर नाफा बढाउने अभियानमा जुट्नसमेत निर्देशन दिएका छन् । साथै, पछिल्ला वर्षहरूमा सेयरधनीलाई अपेक्षित लाभांश दिन नसकेको स्वीकार गर्दै बोनस बढाउनेतर्फ ध्यान दिनुपर्ने धारणा उनले राखेका छन् ।

योसँगै उनले ऋण असुलीमा समस्या देखिएको भन्दै दुर्गा प्रसाईंको आन्दोलन जस्ता गतिविधिले बैंकको अवस्था झन् कमजोर बनाएको आरोप लगाएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै