काठमाडौँ । सिटिजन्स बैंक, महेन्द्रनगर शाखाले नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका १९ मा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको हो।
नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र महेन्द्रनगर आँखा अस्पतालको सहकार्यमा आयोजित उक्त शिविरमा ३२८ जना आँखाका बिरामीले नि:शुल्क सेवा लिएका छन्। आर्थिक रूपले कमजोर वर्गको संख्या बढी भएको उक्त क्षेत्रमा शिविर आयोजना गरी स्थानीयलाई सहयोग गर्ने उद्देश्य बैंकको रहेको शाखा प्रमुख शंकर प्रसाद जोशीले जानकारी दिए।
त्यस्तै, शिविरमा नि:शुल्क आँखा परीक्षणका साथै आवश्यक औषधिहरु पनि नि:शुल्क वितरण गरिएको थियो। साथै, २९ जना मोतिविन्दुका बिरामीलाई थप उपचारका लागि महेन्द्रनगर आँखा अस्पतालमा नि:शुल्क शल्यक्रियाका लागि छनोट गरिएको अस्पतालका प्रमुख बिरबहादुर धामीले जानकारी दिएका छन् ।
हालै विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ को उपाधि जित्न सफल सिटिजन्स बैंकले देशभरका ६० जिल्लामा फैलिएका २०० शाखा, ३ विस्तारित काउन्टर र ७५ शाखा रहित बैंकिङ इकाइमार्फत १८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।