नेपाल बैंकले घर बनाउनका लागि दुई करोडसम्म कर्जा दिने, कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने !

काठमाडौँ । नेपाल बैंकले घर बनाउनका लागि कर्जा दिने भएको छ।  बैंकले एक सूचना जारी गर्दै ६.६३ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने भएको हो।

बैंकले घर बनाउनका लागि दुई करोडसम्म कर्जा दिने जनाएको छ। बैंकका अनुसार उक्त कर्जाको अवधी २५ वर्षसम्म हुनेछ।

घर किन्न, अपार्टमेन्ट खरिद गर्न, घर निर्माण गर्न र मर्मत सम्भार गर्नका लागि कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्नेछ।

साथै, यस्तो कर्जा बैंकको सम्पूर्ण शाखामार्फत सहजै पाउन सकिनेछ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्