PRABHU BANK

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढ्यो, विकास बैंकहरुको २.११ प्रतिशतले घट्यो !

काठमाडौँ। वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा मात्र वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढेको हो।

फागुन महिनामा मात्रै ७ करोड ६६ लाख बराबरको गैरबैंकिङ सम्पत्ति थपिएको छ। हाल वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति कुल ३६ अर्ब बराबर पुगेको छ।

तीन वर्षअघि ८ अर्ब रहेको यस्तो सम्पत्ति अहिले चार गुणाले बढेको छ । यता, विकास बैंकहरुको गैरबैंकिङ सम्पत्ति भने घटेको छ। फागुनमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति २.११ प्रतिशतले घटेको छ।

विकास बैंकहरुले गैरबैंकिङ सम्पत्ति ३ अर्ब ५० करोडमा झारेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै