काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ४१ पैसा र बिक्री दर १३९ रुपैयाँ ०१ पैसा रहेको छ ।
शुक्रबार युरो एकको खरिद दर १५३ रुपैयाँ २९ पैसा र बिक्री दर १५३ रुपैयाँ ९५ पैसा रहेको छ । आज बेलायती पाउण्डको खरिद दर १७८ रुपैयाँ ८९ पैसा र बिक्री दर १७९ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ९७ पैसा र बिक्री दर ३८ रुपैयाँ १३ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: