prabhu

महालक्ष्मी विकास बैंकले घर कर्जा दिने, ब्याजदर मात्र ७.९९ प्रतिशत

काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूका लागि घर कर्जा योजना घोषणा गरेको छ । जसअन्तर्गत ७.९९ प्रतिशतको एकल अंक ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ।

यो योजना अन्तर्गत ग्राहकहरूले घर खरीद, निर्माण, पुनर्निर्माण तथा अपार्टमेन्ट खरीद गर्न कर्जा लिन सक्नेछन्। बैंकका अनुसार, यो योजना वातावरणमैत्री प्रविधि र दिगो स्रोतहरूको प्रयोगमा आधारित परियोजनाहरूलाई लक्षित गरिएको छ। यसबाट वातावरण संरक्षण, दिगो विकासको प्रवर्द्धन तथा नेपाल राष्ट्र बैंकका नियामकीय मापदण्डको पालना समेत सुनिश्चित हुने बैंकको विश्वास छ।

महालक्ष्मी विकास बैंकले अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हालै मात्र बैंकले आफ्नो मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ सार्वजनिक गरेको छ, जसले ग्राहक सेवामा थप सहजता ल्याएको छ। साथै, भारतको प्रतिष्ठित म्यागजिन ‘बिजनेस कनेक्ट’ बाट ग्राहक केन्द्रीत बैंकको अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेको छ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा तथा करिब ८ लाख ग्राहक छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै