prabhu

के अवको गभर्नरको कार्यकाल ३ बर्षको मात्र हुन लागेको हो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसँग सम्बन्धित मापदण्ड परिवर्तन गरिएको विषयलाई लिएर अवको गभर्नरको कार्यकाल ३ बर्षको लागि मात्र हुने भन्ने हल्ला सुरु भएको छ । तर राष्ट्र बैंक ऐनले नै स्पष्ट गभर्नरको कार्यकाल ५ बर्ष भनेकाले कुनै मापदण्ड मार्फत सो व्यवस्था परिवर्तन नहुने तर्क जानकारहरुले राखेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १८ अनुसार, गभर्नर, डेपुटी गभर्नर तथा संचालक समितिका सदस्यहरूको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ । यसैले, कुनै मापदण्डमार्फत उक्त व्यवस्था परिवर्तन गर्न नसकिने तर्क जानकारहरुको छ।

अर्थ मन्त्रालयले हालै ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (दोस्रो संशोधन)’ जारी गरेको छ ।  तर, स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले तयार पारेको मापदण्ड राष्ट्र बैंकमा लागू हुने प्रश्न नउठाउने कारण गभर्नरको कार्यकला पूरापूर ५ बर्ष हुने ठम्याई कानुनका जानकारहरुको छ ।

कानुन व्यवसायीहरु पनि मापदण्ड भनेको कार्यविधिका रुपमा लिनुपर्ने भएकाले सो  ऐन र नियमावलीभन्दा तल पर्ने र राष्ट्र बैंक ऐनमा भएको ५ बर्षे कार्यकलको सीमामा कुनै पनि असर नगर्ने तर्क गर्छन् । । राष्ट्र बैंक ऐनमा उमेरको कुनै सीमा उल्लेख नभएको अवस्थामा कार्यविधि मार्फत उमेरको सीमा हटाउनु वा कार्यकाल छोट्याउनु असंवैधानिक कदम ठहर्छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै