काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले १५ वर्षदेखि १८ वर्ष सम्मका युवा पुस्तालाई लक्षित गर्दै ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार यस बचत खाताले भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई फाइदा पुग्नेछ । १५ वर्षदेखि १८ वर्ष समूहका ग्राहकहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकले जनाएको छ ।
मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम ५० रुपैयाँ मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकहरूलाई बैंकले अर्धमासिक तथा मासिकरुप एक पटक नि:शुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिम सम्बन्धी ज्ञान प्रदान गर्नेछ ।
यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेल सम्मको लागि नि:शुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन् ।