काठमाडौँ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकैदिन २ अर्ब रुपैयाँले घटेको हो।
चैत १८ गते ६७ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुले चैत १९ गते ६७ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन २ अर्ब रुपैयाँले कम हो।
यस अवधीमा वाणिज्य बैंकहरूको निक्षेप संकलन पनि घेटेको छ। बैंकहरूको निक्षेप संकलन एकैदिन २ अर्ब रुपैयाँले घटेको हो। चैत १८ गते ६० खर्ब ६० अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरुले १९ गते ६० खर्ब ५८ अर्ब रुपैयाँ संकलन गरेका छन् ।
यता, समिक्षा अवधीमा बैंकहरूको कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँले बढेको छ। चैत १८ गते ५४ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले १९ गते ५४ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । हाल बैंकहरुको सिडी रेसियो ७९.३८ प्रतिशत र अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ।