prabhu

राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयले चैत २५ गते (सोमबार) ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको हो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएका हुन्।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २२ गते सकिएको थियो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै