PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य सम्बन्धी सम्झौता

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिनेछ ।

यस्तै, बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा सेन्ट लरेन्स कलेजका तर्फबाट सक्रिय सहभागिता रहने छ भने कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायत कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको सहभागिता रहनेछ ।

यो सहकार्य दुई वर्षसम्म लागू हुन बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै