PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले १३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

NCC Bank
  • बैकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकले १३ लाख ३४ हजार ६ सय ४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले फागुन १७ गते सोमबार सूचना जारी गर्दै सो मात्राको संस्थापक सेयर बिक्री गर्ने जानकारी दिएको हो ।जसमध्ये नेपाल इन्स्योरेन्सले मात्रै आफ्नो स्वामित्वमा रहेको बैंकको ९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।
त्यस्तै नेपाल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले आफ्नो स्वामित्वमा रहेको बैंकको ४ लाख ६० हजार २७८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । त्यसैगरी संस्थापक सेयरधनी विश्वराज भण्डारी र दिलिप श्रेष्ठले पनि आफ्नो स्वामित्वमा रहेको बैंकको सेयर बिक्री गर्ने भएका छन् । जसमध्ये सेयरधनी भण्डारीले १ हजार ६ सय २२ कित्ता र श्रेष्ठले २ हजार ७ सय ७ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । यससँगै उक्त सेयर किन्न इच्छुक संस्थापक समूहका सेयरधनीले बैंकमा लिखित निवेदन सहित सम्पर्क गर्न सक्ने भएका छन् ।
उनीहरुले फागुन १७ गतेको मितिले अबको ३५ दिनभित्र काठमाडौंको बागबजारस्थित बैंकको केन्द्रिय कार्यालयको सेयर शाखामा लिखित निवेदन सहित सम्पर्क गर्न सक्ने बैंकले जानकारी गराएको छ । साथै उक्त म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर किन्न कुनै प्रस्ताव नआएमा अन्य खरिदकर्तालाई उक्त संस्थापक सेयर बिक्री गर्ने प्रकिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै