PRABHU BANK

सबैको लघुवित्त वित्तीय संस्थाले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने विषय

Sabaiko Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी चैत १४ गते वार्षिक साधारणसभामा जाँदै छ । फागुन १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको चौथो सभा सो दिन बस्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन २८ गते देखि चैत १४ गतेसम्म बुक क्लोज हुने भएको छ । यससँगै फागुन २७ गतेसम्म कायम सेयरधनीहरु संस्थाको सभामा सहभागी हुन पाउने भएका छन् ।
सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै फागुन २७ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २० करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै