PRABHU BANK

मेगा बैंकको क्यूआर कोड सेवा उपत्यकाको टेम्पोहरुमा

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआर कोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।
डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर विस्तार गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै