काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर, असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदमा काम गर्नका लागि कर्मचारी माग गरेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले असार १६ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ।
काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने लघुवित्तले सूचनामार्फत जनाएको छ। सूचनासहित:


