काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन एकैदिन २ अर्ब रुपैयाँले बढेको हो।
फागुन १९ गते ६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले २० गते ६ खर्ब १५ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका हुन् । जुन २ अर्ब रुपैयाँले बढी हो।
यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ। फागुन १९ गते ४८ खर्ब ३७ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले २० गते ४८ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
बैंकहरुको सिडी रेसियो ७९.५६ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।



