दैनिक ५ हजारसम्मको कारोबार गर्ने व्यक्तिले मर्चेन्ट क्यूआर कोड प्रयोग गर्न सक्ने

काठमाडौँ । अब व्यक्तिले पनि मर्चेन्ट क्यूआर कोड प्रयोग गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले दैनिक ५ हजार रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले मर्चेन्ट क्यूआर कोड प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो ।

आधिकारिक परिचयपत्रको आधारमा निज व्यक्तिको नाममा मर्चेन्ट क्यूआर कोड उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।

यसअघि अनुमतिपत्रप्राप्त संस्थाहरूले स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था थियो ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै