prabhu

भुक्तानी प्रणालीमा राष्ट्र बैंकको कडाई, एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने !

काठमाडौँ । एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने भएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले एउटा खाताबाट डेविट, क्रेडिट र प्रिपेडको एक भन्दा बढी कार्ड जारी गर्न नपाइने व्यवस्था थप गरेको छ ।

योसँगै राष्ट्र बैंकले आधिकारिक भीपीएन नभएमा ग्राहकले मोबाइल बैंकिङ प्रयोग गर्न नमिल्ने व्यवस्था समेत गर्ने तयारी गरेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै