काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी विक २०२५’ मनाउने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आगामी चैत ४ देखि १० गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने जनाएको हो।
उक्त मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राष्ट्र बैंकले राखेको छ । यस अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने जनाइएको छ।
यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको छ । राष्ट्र बैंकले जारी गरेको सूचना यस्तो छ: