काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘फोर्स लिभ’ मा बस्न लागेका छन् । कार्यकाल सकिनु एक महिना अगावै अनिवार्य बिदामा बस्नुपर्ने नियमअनुसार गभर्नर अधिकारी ‘फोर्स लिभ’ मा बस्न लागेका हुन् ।
उनको कार्यकाल आगामी चैत २४ गते सकिँदैछ । उनको कार्यकाल सकिन लागेपछि गभर्नर बन्ने लाइन र दौडधुपमा अहिले धेरै बैंकरहरु रहेका छन्।
गभर्नर अधिकारी २०७६ चैत २५ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । उनी चैत २२ गतेदेखि राष्ट्र बैंकबाट बिदा हुँदैछन्।