prabhu

आरबीआईका पूर्व गभर्नर दास प्रधानमन्त्री मोदीको प्रमुख सचिवमा नियुक्त

काठमाडौँ । भारतीय रिजर्भ बैंक (आरबीआई) का पूर्व गभर्नर शक्तिकान्त दास प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख सचिवमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को नियुक्ति समितिको सचिवालयले जारी गरेको सूचना अनुसार आरबीआईका पूर्व गभर्नर शक्तिकान्त दासलाई प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख सचिवमा नियुक्त गरिएको हो ।

दासले २०१८-२०२३ सम्म आरबीआईको गभर्नरको रूपमा काम गरे । जुन कोभिड-१९ महामारीको कारणले उत्पन्न अनिश्चिततासँगै भारतीय अर्थतन्त्रको लागि महत्त्वपूर्ण अवधि थियो।

उनको नियुक्तिलाई प्रधानमन्त्री कार्यालय ९पीएमओ० ले हाल विद्यमान अनिश्चित भू-आर्थिक परिस्थितिमा आफ्नो वित्तीय व्यवस्थापन विशेषज्ञतालाई बलियो बनाउने रूपमा हेरिएको छ।

आरबीआईका पूर्व गभर्नर शक्तिकान्त दासलाई प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख सचिव-२ पदमा नियुक्त गरिएको छ । जुन पद पहिलो पटक सिर्जना गरिएको हो। मन्त्रिपरिषद्को नियुक्ति समितिले शनिबार यो सूचना जारी गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै