काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई स्टे होटल भ्याली भ्यूमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुले स्टे होटल भ्याली भ्यूमा डेबिड कार्ड वा क्यूआर कोड मार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशतसम्म र बैंकका कर्मचारीलाई २० प्रतिशत छुट हुने भएको हो ।
बैंक र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको हो ।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले आज फागुन ११ गते हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता दुई वर्षका लागि लागू हुनेछ ।
यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका ग्राहकलाई फाइदा पुग्ने विश्वास यस बैंकले लिएको छ ।