नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड सेवा शुभारम्भको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । मुलुकको पूर्वाधार विकासलाई थप गति प्रदान गर्ने मुख्य उद्देश्य लिई राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना भएको थियो । बैंकले २०७५ साल माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने ईजाजतपत्र प्राप्त गरी २०७५ फाल्गुन २२ गतेबाट विधिवत् रुपमा वित्तीय कारोबार सुरु गरेको थियो ।
तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा बैंकले बैंकलाई निरन्तर विश्वास गर्ने सेयरधनीहरू, कुशल मार्ग निर्देशन प्रदान गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति लगायत सम्पूर्ण नियमनकारी निकायहरू, ग्राहकहरू, सञ्चारकर्मी एवं शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गरेको छ । यसका साथै बैंकले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै बैंकको उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्