काठमाडौँ । ‘नो केबलकार’ समूहले ग्लोबल आइएमई बैंक घेराउ गरेका छन् । ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विरोधमा उत्रिएको उक्त समूहले ग्लोबल आइएमई बैंक घेराउ गरेको हो ।
सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि उनीहरुले बैंक घेराउ गरेका हुन् । बैंक घेराउ गर्दै उनीहरुले आइएमई र ग्लोबल आइएमई बैंक बहिष्कार गरौँ भन्दै नाराबाजीसमेत गरेका थिए ।
उनीहरुले पूर्वनिर्धारित कार्यक्रम तथा आन्दोलनका कार्यक्रम अन्तर्गत रहेर पूर्वका विभिन्न जिल्लामा रहेको बैंकका शाखा कार्यालय घेराउ गरेको बताएका छन् ।
त्यस्तै, उनीहरुले फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंकसहित आइएमई बहिष्कार गर्ने कार्यक्रम रहेको बताएका छन् । यस अवधिमा बैंक र आइएमईका विभिन्न शाखा घेराउ गर्ने बहिष्कार गर्ने कार्यक्रम रहेको बताइएको छ ।