PRABHU BANK

फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, १८ बैंकको ब्याजदर स्थिर, दुई बैंकको घटबढ !

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये एक बैंकले निक्षेपको ब्याजदर घटाउँदा एक बैंकले बढाएको छ भने १८ बैंकले माघकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पुर्याएको छ भने लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ५.५ प्रतिशत निर्धारण गरेको हो ।

माघ महिनामा औसतमा ६.००१ प्रतिशत बिन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुन महिनामा पनि ६.००१ प्रतिशत बिन्दु रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै