prabhu

वाणिज्य बैंकहरूको नाफा ४.६६ प्रतिशतले घट्यो, सबैभन्दा धेरै नाफा कुन बैंकले कमायो ? (विवरणसहित)

काठमाडौँ । वाणिज्य बैंकहरूको नाफा घटेको छ। बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूको नाफा समग्रमा ४.६६ प्रतिशतले घटेको हो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये नौ वाणिज्य बैंकको नाफा घटेको छ भने ११ बैंकको बढेको छ । चालु आर्थिक वर्षमा बैंकहरुको नाफा ४. ६६ प्रतिशतले घटेर २७ अर्ब ३६ करोडमा खुम्चिएको छ ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा प्रभु बैंक रहेको छ । यस बैंकको नाफा ८४ प्रतिशतले बढेर एक अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। दोस्रोमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। यस बैंकको नाफा ५७ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको नाफा ४९ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ, एनएमबि बैंकको नाफा ४५ प्रतिशले बढेर २ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको नाफा २१ प्रतिशतले बढेर २ अर्ब ७ करोड, लक्ष्मी सनराइज बैंकको नाफा १० प्रतशितले बढेर १ अर्ब १६ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको नाफा  ७ प्रतिशतले बढेर ९० करोड रुपैयाँ, सानिमा बैंकको नाफा ५ प्रतिशतले बढेर १ अर्ब १९ करोड, नबिल बैंकको १.२५ प्रतिशतले बढेर ३ अर्ब २४ करोड रूपैयाँ, हिमालय बैंकको नाफा १ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रूपैयाँ र माछापुच्छे बैंकको नाफा स्थिर रहेर ८० करोड रूपैयाँ पुगेको छ।

यता, समिक्षा अवधिमा सबैभन्दा धेरैले नाफा घट्ने बैंकमा एनआइसी एशिया बैंक रहेको छ। यस बैंकको नाफा ९२ प्रतिशतले घटेर १५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, समिक्षा अवधिमा कुमारी बैंकको नाफा ६८ प्रतिशतले घटेर २७ करोड रुपैयाँमा, राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घटेर ७६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको नाफा ५३ प्रतिशतले घटेर ५३ करोड रुपैयाँ, कृषि विकास बैंकको २९ प्रतिशतले घटेर ९५ करोड रुपैयाँ, नेपाल बैंकको २२ प्रतिशतले घटेर ४६ करोड रुपैयाँ, सिटिजन्स बैंकको नाफा १५ प्रतिशतले घटेर ६६ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकको नाफा १४ प्रतिशतले घटेर १ अर्ब ८६ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ४.९७ प्रतिशतले नाफा घटेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै