DISH HOME

डोल्पामा छैन एटिएम, बैंकका ग्राहकहरू मर्कामा !

काठमाडौँ। नेपाल राष्ट्र  बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-८को वार्षिक प्रतिवेदन अनुसार डोल्पामा एटिएम नै नभएको पाइएको छ। सो प्रतिवेदन अनुसार कर्णाली प्रदेशको डोल्पा जिल्लामा एटिएम नै नभएको पाइएको पाइएको हो।

कर्णाली प्रदेशमा हाल ११७ वटा मात्र एटिएम सञ्चालनमा रहेका छन्। जसमध्ये मुगु जिल्लामा २, हुम्लामा २, जुम्लामा १२, कालिकोटमा ५, दैलेखमा १३, जाजरकोटमा ७, रुकुमपश्चिममा १६, सल्यानमा १५ र सुर्खेतमा ४५ वटा एटिएम रहेका छन्।

राष्ट्र  बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा मोबाईल बैंकिङ सेवामा रजिस्टर भएका ग्राहकको संख्या नौ लाख ४ हजार ४ सय ३१ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ३ लाख ५३ हजार २०० र सबैभन्दा कम मुगुमा १९ हजार ८ सय ९९ रहेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै