prabhu

माछापुच्छ्रे बैंकको कपन शाखाले सम्पन्न गर्यो कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकको कपन शाखाले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कम्पनीको कपन शाखाको संयुक्त आयोजनामा २०८१ पौष १६ गते युवा विद्यार्थीहरुमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले बुढानीलकण्ठ नगरपालिका-१० स्थित कपन बहुमुखी क्याम्पस, आकाशेधारा कपन, काठमाडौँमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै