PRABHU BANK

ज्योति विकास बैंकका ग्राहकहरुलाई धुलिखेलमा रहेको दुषित थानी हिमालयन रिसोर्टमा छुट

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकहरुलाई दुषित थानी हिमालयन रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्मको विशेष छुट हुने भएको हो ।

बैंक र होटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात् बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

रिसोर्टले खाना तथा पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा ज्योति विकास बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै