PRABHU BANK

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन, विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य

काठमाडौँ । प्रभु बैंकले डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्यूब’ सञ्चालनमा ल्याएको हो ।

उक्त काउन्टरमार्फत ग्राहक आफैँले खातामा पैसा जम्मा गर्न, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, क्लियरिङ चेक जम्मालगायतका सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवाको शुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ ।

साथै, यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने भन्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै