prabhu

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, बैंकबाट ग्राहकहरुले पैसा निकाल्न थाले !

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएको छ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको पुष ९ गते बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम यस बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो ।

बैंक समस्याग्रस्त घोषणा भएपछि कर्णाली डेभलपमेन्ट बैंकका ग्राहकहरु चिन्तित बनेका छन् । ग्राहकहरुले बैंकबाट आफ्नो पैसासमेत निकाल्न थालेका छन् ।

राष्ट्र बैंकले यसअघि कर्णाली डेभलपमेन्ट बैंकको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको थियो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै