prabhu

नेपाल एसबिआई बैंकको लुम्बिनि प्रदेश कार्यालय स्थानान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंकले लुम्बिनि प्रदेश कार्यालयबाट सेवा सुभारम्भ गरेको छ । बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका ०२, नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका ०८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको हो ।

यस प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त) राम कुमार तिवारी, प्रमूख संचालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा गरेका थिए ।

हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकि, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी ने६वर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै