काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले सडक सौन्दर्यीकरण परियोजनाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियाली सहित सडक सौन्दर्यकरण परियोजनाका लागि यस्तो सहयोग गरेको हो ।
विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच मेयर नागेश कोइरालालाई बैंकले २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।