prabhu

एनएमबि बैंकले पोखरामा आयोजना गर्यो डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले पोखरामा क्युआर लोन तथा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडि) सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो ।

यस कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए । बैंकले आगामी दिनमा अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै