PRABHU BANK

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो २ नयाँ शाखारहित बैंकिङ सेवा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी २ शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २५५ पुगेको छ । बैंकले रोल्पा जिल्लाको सुनिलस्मृति गाँउपालिका वडा नं.१, घोडागाँउ र वडा नं. ८, अरेस बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकको घोडागाँउमा खोलिएको सेवाको लागि मधु के.सी र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने भएका छन् । बैंकले २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गदै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै