DISH HOME

ज्योति विकास बैंकका ग्राहकहरुलाई इ-रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा छुट

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकहरुलाई इ-रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई काठमाडौँस्थित इ-रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र उक्त रेस्टुरेन्टबीच छुट सम्बन्धी सम्झौता भएको थियो। यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्यसहित ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै