DISH HOME

कुमारी बैंकका ग्राहकहरुलाई भिजन कार्ट क्लिनिकमा ४ हजार रुपैयाँसम्म छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र भिजन कार्ट प्रालिबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुढानिलकण्ठ, काठमाडौँस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपिडि शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम रू ४ हजारसम्म), नि:शुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशत सम्म छुट दिईन्छ । साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र जेष्ठ नागरिकका लागि नि:शुल्क डाक्टर परामर्श दिईनेछ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रबर्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै