काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ६८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ५४ करोड ८० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा १० करोड २७ लाख ५० हजार तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ३ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी गर्न लागेको छ ।
यो रकम ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले मंसिर १० गते साँझ ७ बजेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।