PRABHU BANK

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश भएको छ । ढकाल उमेर हदका कारण अवकाश भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले जानकारी दिएका हुन् ।

राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि र ५८ वर्ष उमेर हद अनुसार अनिवार्य अवकाशको व्यवस्था रहेको छ । साथै, अवकाश हुने एक महिना अघिदेखि बिदामा बस्ने व्यवस्था रहेको छ ।

ढकालपनि सोहि व्यवस्था बमोजिम एक महिनाअघि देखि नै आफ्नो जिम्मेवारीबाट बाहिरिएका थिए । उनले राष्ट्र बैंकमा रहँदा नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणाली लगायत महत्त्वपूर्ण विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै