काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नेपालको बैंकिङ क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । उनले काठमाडौँ फिन्टेक र फिन्टेक अलाइन्स नेपालको सह-आयोजनामा भएको ‘डिजिटल बैंकिङ कन्फ्रेस २०२४’ मा बोल्दै सबै पक्ष मिलेर नेपालको बैंकिङ क्षेत्रको विकास गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष पौडेलले ‘डिजिटल बैंकिङ कन्फ्रेस २०२४’ सूचना तथा प्रविधि क्षेत्रलाई बैंकिङ क्षेत्रको नयाँ प्रणाली, प्रविधि र पुस्तासँग परिचित गराउने अवसर भएको पनि जनाएका छन् ।
योसँगै उनले अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न गतिविधिले गर्दा बैंकिङ क्षेत्रको ब्याजदर तलमाथि भइरहेको उल्लेख गरेका छन् ।