काठमाडौँ । बैंकहरुमा व्यक्तिगत घर कर्जाको माग बढेको छ । चालु आर्थिक वर्षको तीन महिनासम्ममा बैंकहरुमा व्यक्तिगत घर कर्जाको माग ५.८६ प्रतिशतले बढेको हो ।
यस अवधिमा बैंकबाट ३ खर्ब ९६ अर्ब ८८ करोड १८ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा बैंकबाट ३ खर्ब ७४ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ व्यक्तिगत घर कर्जा प्रवाह भएको थियो ।
बैंकबाट आवासीय व्यक्तिगत घर कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।