PRABHU BANK

चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका एक व्यक्ति पक्राउ

काठमाडौँ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सत्यमान लामा रहेका छन् ।

उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले लामालाई २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।

प्रहरीका अनुसार लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै