काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘सी प्लस’ ग्रेड पाएका छन् । कार्यक्षमता, कार्यशैली, नीतिगत व्यवस्था र त्यसले पारेको प्रभावका आधारमा केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्लोबल म्यागजिनले ‘सी प्लस’ ग्रेड दिएको हो ।
अमेरिकाको ग्लोबल म्यागजिनले सन् २०२४ का लागि निर्धारण गरेको विश्वभरका केन्द्रीय बैंकका प्रमुखहरुको र्यांकिङमा राष्ट्र बैंकका गभर्नरले उक्त ग्रेड पाएका हुन् ।
एशियाका अन्य सबै देशका गभर्नरको र्यांकिङ ‘बी’ भन्दा माथि नै रहेको छ ।