prabhu

नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरिक्षण गराउने प्रक्रिया तत्काल अघि बढाउन आईएमएफको आग्रह

काठमाडौँ । नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरिक्षण गराउने प्रक्रिया तत्काल अघि बढाउन आईएमएफले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बैंकहरुमा बढ्दो खराब कर्जाले वित्तीय क्षेत्रमा नै असर पार्ने भन्दै यस्तो आग्रह गरेको हो ।

आईएमएफको सहयोगमा केही समयअघि नेपालका कुल २० वाणिज्य बैंकमध्ये १० वटा ठूला बैंकको बाह्य लेखा परीक्षण गर्ने सहमति भएको थियो। मार्च २०२३ मा आईएमएफले नेपाल सरकारलाई उपलब्ध गराउने विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत रुपैयाँ ३९५ मिलियन डलर प्रदान गर्नका लागि प्रमुख सर्तका रुपमा अन्तर्राष्ट्रिय अडिटरमार्फत नेपालका ठूला बैंकहरूको लेखापरीक्षण गर्नुपर्ने सर्त राखेको थियो ।

राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्विकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै