PRABHU BANK

१० ठूला बैंकको लेखापरिक्षण गराउने कार्य विदेशी अडिटरबाट रद्द

काठमाडौँ । विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरिक्षण गराउने कार्य रद्द भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरिक्षण गराउने कार्य रद्द भएको जनाएको हो ।

राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्विकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको उल्लेख गरेको छ ।

त्यस्तै, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३६ उपदफा १ (ख) बमोजिम प्रक्रिया रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै