PRABHU BANK

ज्योति विकास बैंकका ग्राहकहरुलाई मेडेक्स मल्टिस्प्यासिलिटी क्लिनिकमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकहरुलाई मेडेक्स मल्टिस्प्यासिलिटी क्लिनिक एण्ड डाइग्नोष्टिकमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई ललितपुर स्थित उक्त क्लिनिकमा इन हाउस परीक्षण गराउँदा २० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र क्लिनिकबीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने सम्झौता भएको छ । बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राखेर देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छूट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

हालैमात्र कम्पनीले काठमाडौँको ट्रान्क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै